जिफानले तमु लघु चलचित्रहरु निर्माण गर्ने

SHARE:

एटा संवाददाता ।
लण्डन । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले तमु लघु चलचित्रहरु निर्माण गर्ने भएको छ । जिफानले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो । कोरोना भाईरसका कारण हरेक क्षेत्र अस्तव्यस्त भैरहेको विषम परिस्थितिमा जिफानले गुरुङ चलचित्र क्षेत्रलाई चलायमान गर्न कोरोना भाईरस पछिको गुरुङ चलचित्र अन्य देशहरुले गरेका अभ्यासलाई अध्ययन गरि विकल्पको रुपमा तमु लघु चलचित्रहरु निर्माण गर्ने र त्यसका लागि विभिन्न ब्यक्ति बिशेष तथा संघसंस्थाबाट आर्थिक सहयोग जुटाउदै गुरुङ चलचित्र क्षेत्रलाई क्रियाशिल बनाई राख्न एउटा प्रयासको सुरुवात गर्ने बताइएको छ ।

जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र महासचिव मनोज गुरुङले हालै जारी गरेको विज्ञप्तिमा गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै प्रथाजानिक कानुन, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै विभिन्न तमु (गुरुङ) संघ संस्थाहरुको मर्मलाई लघु चलचित्र मार्फत प्रस्तुत गर्ने । गुरुङ चलचित्रको श्रमजिवी चलचित्रकर्मीहरुलाई कोभिड–१९ को कारणले दैनिकी जीविकोपार्जनमा समस्या परेकाहरुलाई लघु चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने तथा यसै क्षेत्रमा निरन्तर क्रियाशिल रहन प्रेरित गर्ने । २५ वर्ष भित्र बनेका गुरुङ चलचित्रहरुको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरुको शैली तथा कथा लेखन मा रचनात्मक सुधार गरि मौलिकता खोज्ने । र, समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा बिदेशमा तमु चलचित्रहरुको महोत्सब गर्ने लगायतका तमु (गुरुङ) लघु चलचित्र निर्माणका उद्देश्यहरु उल्लेख गरेका छन् ।

वि.स. २०६५ सालमा पोखरामा गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को विधिवत स्थापना भएको हो । २०५२ सालमा रोधी साँस्कृतिक समुहबाट निर्मित पहिलो गुरुङ चलचित्र पाते बाट २०७७ सालसम्म आईपुग्दा यस सँस्थामा आबद्ध चलचित्र निर्माण गर्ने ब्यानरहरुले १४४ वटा चलचित्रहरु निर्माण गरिसकेका छन् । गुरुङ चलचित्र उद्योगले यसै वर्षबाट आफ्नो २५ औ रजत जयन्ती मनाउन पनि सफल भएको छ । यो अवसरमा सम्पुर्ण चलचित्रकर्मी उत्साहित भईरहेको अवस्था थियो । सँस्थाका वार्षिक निति तथा कार्ययोजना अन्र्तगत जिफान कार्यन्वयन तर्फ उन्मुख भईरहेको जनाइएको छ । साथै, विभिन्न कम्पनीहरुले चलचित्र छायाँकन र प्रर्दशनको मिति समेत तय गरिसकेकोमा विश्वभर फैलिएको माहामरी कोरोना भाईरस ऋयखष्म ज्ञढ ले विश्व फिल्मी बक्स अफिस नै शुन्य बनाईदिएको विज्ञप्तिमा जनाइएको छ ।

२०७६ चैत्र ११ गते सरकारले लकडाउन घोषणा गरेदेखि गुरुङ चलचित्र क्षेत्रलाई पनि अतुलनिय क्षति पु¥याएको र अहिले गुरुङ चलचित्रको निर्माता लगानीकर्ताहरुको करिब १ करोड ५० लाख लगानी फ्रिज भएको बताईएको छ । त्यस्तै, जिफान संग सम्बन्धित कलाकार, प्राविधिक, निर्देशक, निर्माता गरी करिब ३०० जना गुरुङ चलचित्रकर्मीहरु बेरोजगार भएको र अझै पनि स्थिति सामान्य नभएको समेत जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!