शुभकामना तिमीलाई

SHARE:

नेपाली साहित्य बिकाश परिषद युकेको रजत जन्मोत्सव तथा भानु जयन्तिको उपलक्षमा चिम्खोले काईलाद्वारा बाचन गरिएको कबिता

चिम्खोले काईला-बेलायत

ए नेपाली साहित्य बिकाश परिषद युके
तिमीले त पच्चीस बसन्त पार गरि सक्यौ रे
तिम्रो जवानीमा जवानीको लाली चढी सक्यो रे
तिम्रो जवानीलाई बैशले धपक्क ढाकी सक्यो रे
तिम्रो जवानीलाई कसैको अंगालोमा बेरिसक्यो रे
तिम्रो जवानीलाई तिमीले कसैलाई सुम्पिसक्यौ रे
रजत जन्मोत्सव मनाउने तयारीमा छौ रे ||

तर नभुल है प्रिय ||
तिमीलाई गर्भमा राख्ने को हो ?
तिमीलाई जन्म दिने को हो ?
तिमीलाई लालन पोषण गर्ने को हो ?
तिमीलाई हुर्काउने बढाउने को हो ?
तिमीलाई शिक्षा दीक्षा दिने को हो ?
तिमीलाई पच्चीस बसन्त पार गराउने को हो ?

हो तिमीले रजत जयन्ति मनाउन पर्छ प्रिय ||
तर नेपाली साहित्य बिकाश परिषद युकेमा
धेरै पानी बगी सकेको छ
पच्चीस बसन्त पार गरिसकेको छ
धेरै कार्यसमितीहरु चयन भइसकेका छ
सबैले आ-आफ्नो परिचय दिइसकेका छन
सबैले आ-आफ्नो व्यक्तित्व देखाई सकेका छन
सबैले आ-आफ्नो कार्यक्षमता देखाई सकेका छन
सबैले आ-आफ्नो स्वार्थ देखाई सकेका छन
ति स्वार्थले गर्दा परिषदमा उथल पुथल भैसकेका छन ||

तर नभुल्नु है प्रिय ||
कसैले आँखा झिम्काउदा चाकडी गर्ने
कसैले डम्फु बजाउदा तिन फन्का नाच्ने
कसैले हप्काउदा तर्सने
कसैले फकाउदा फकिने
कसैको सिठ्ठीको तालमा
उठ भन्दा उठ्ने
बस भन्दा बस्ने ||

त्यसैले म भन्छु सुन प्रिय ||
यदि तिमी नेपाली साहित्यमा समर्पित हुन्छौ भने प्रिय
चाकडी होइन स्वलाम्बी बन्न सिक
चलायामान साहित्यकारहरुलाई
समान ब्यबहार गर्न सिक
बामे सर्दै गरेका साहित्यकारहरुलाई
हौसला गर्न सिक
चलायामान संचार गृहहरुलाई
समान ब्यबहार गर्न सिक
बामे सर्दै गरेका पत्रकारहरुलाई
प्रेरेणा दिन सिक
नेपाली भाषा कला र साहित्यमा आबद्ध
बिभिन्न सघ-संस्थाहरुलाई
समान ब्यबहार गर्न सिक
सबैलाई समान माया गर्न सिक |

त्यतिले मात्र पुग्दै प्रिय ||
हाम्रो देश नेपालको बारेमा चिन्तन गर्न सिक
मिच्चिएको सीमाको बारेमा आवाज उठाउन सिक
भ्राष्टाचारीको बारेमा आवाज उठाउन सिक
अन्याय अत्याचारिको बारेमा आवाज उठाउन सिक
दुखी निमुखा जनताको बारेमा आवाज उठाउन सिक
तिम्रो सिकेको शिपको बारेमा आवाज उठाउन सिक
तिम्रो देश बिकाशको बारेमा आवाज उठाउन सिक |

तब मात्र प्रिय ||
तिम्रो रजत जन्मोत्सव मनाएको
मान्यता होला
सार्थक होला
जय-जयकार होला
रजत जन्मोत्सवको उपलक्षमा
हार्दिक-हार्दिक बधाई तिमीलाई
हार्दिक-हार्दिक शुभकामाना तिमीलाई ||

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!