नेपाल पत्रकार महासंघ युकेद्वारा नेपालका पत्रकारहरुलाई २३ लाख रुपैयाँ सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले नेपालका पत्रकारहरुलाई २३ लाख रुपैया सहयोग गर्ने भएको छ । शाखाको शनिबार १८ जुलाईका दिन जुम प्रविधि माध्यमबाट सम्पन्न भर्चुअल बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमार्फत सहयोग गर्ने निर्णय गरेको हो । महासंघको केन्द्रिय समितिले कोभिड–१९ बाट थुप्रै पत्रकारहरु प्रभावित भएको र उनीहरुलाई तत्काल आर्थिक सहयोगको आवश्यक देखिएकोले अहिलेको महामारी तथा भविश्यमा आउने सक्ने त्यस्ता महामारीबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप आपतकालिन कोष स्थापना गर्न लागिएको व्यहोरा सहित सहयोगका लागि आएको पत्र माथि व्यापक रुपमा छलफल गरेको थियो । सो छलफलले आपतकालिन अक्षय कोषमा २० लाख रुपैयाँ र बाँकी ३ लाख रुपैयाँ कोभिड–१९ बाट प्रभावित  नेपालका पत्रकारहरुलाई तत्काल सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा महासघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले आपतकालिन कोष स्थापनाको उद्देश्य र आवश्यकता बारे जानकारी दिदैं कोभिड–१९ का कारण नेपालका करीब २००० पत्रकारहरु प्रभावित भएको र उनीहरुलाई तत्काल सहयोग गर्नुपर्ने आवश्यकता महसुस गरी आपतकालिन कोषको स्थापना गरिएको जनाए । साथै, उनले कम्तिमा एक करोड रुपैयाँको आपतकालिन कोष स्थापना गरी सो कोषबाट प्राप्त व्याज अप्ठ्यारोमा पर्ने पत्रकारहरुलाई सहयोग गर्ने उद्देश्य रहेको र सो कोषमा केन्द्रीय समितिले ३० लाख रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए । त्यस्तै, केन्द्रिय महासचिव रमेश बिष्टले समेत आपतकालिन कोषका बारे जानकारी गराएका थिए ।

युके शाखाद्वारा सन् २०१७ मे महिनामा पत्रकारहरुलाईनै सहयोग गर्ने उद्देश्य अनुरुप आयोजित च्यारिटी कार्यक्रमबाट संकलित रकममध्येबाट सो सहयोग गर्न लागेको हो । त्यस्तै, बैठकले उक्त च्यारिटीबाट संकलित बाँकी रकम बेलायतमै क्रियाशिल पत्रकारहरुको प्रोत्सहान स्वरुप पत्रकारिकता पुरस्कार स्थापना गर्ने निर्णय समेत गरेको छ ।

बैठकले उक्त केन्द्रिय समितिद्वारा स्थापना गर्न लागिएको आपत्कालिन कोष सञ्चालन निर्देशिका बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय गरेको छ । त्यस्तै, शाखाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम , परिचय पत्र लगायतको बिषयमा समेत छलफल गरिएको थियो ।

शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षता र महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा संस्थापक अध्यक्ष नविन पोखरेल, शाखाका सल्लाहकार भगीरथ योगी,  वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लिलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिव डा. जगन कार्की, सचिव शिव भण्डारी, सचिव पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु बम सूर्यवंशी, मञ्जु भण्डारी खरेल र खेमराज रानाभाटको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!