माईला कान्छा सहयोग अभियानमार्फत बिरामीहरुको उपचारमा सहयोग

SHARE:

कास्की । माईला कान्छा सहयोग अभियानको अभियान्ताहरु पार्वती गुरुङ र माया गुरुङ जुन २२ तारिखको दिन नेपाल छाडेर कर्मभूमी यू.के तर्फ प्रस्थान गरे । नेपाल छाडिरहदा उनिहरुको मनमा अब सहयोग अभियान बन्द हुन्छ होला भन्ने लागेको थियो । तन ,मन ,धनका धनि पबित्र मनहरु अझै रोएको मन हरुमा र पिडित परिवारहरुमा पुग्न चाहेको कारण सहयोग अभियान यतिकैमा रोकिएन । सहयोग आउने क्रम झन बढ्दै गएको पार्वती गुरुङले बताईन् ।

कर्मभूमीमा काम गर्नुपर्ने बाध्यता एकातिर छदैछ तरपनि काम गरेर बचेको समयमा सहयोग अभियानको संयोजन गरिरहेको गुरुङको भनाई छ । शनिबार पनि उनिहरुले ३६ हजार सहयोग रकम नेपाल पठाए । शनिबार उनिहरुले पठाएको रकम आँधीखोला दोहोरी साँझका सञ्चालक अरुण गुरुङको संयोजनमा २ जनालाई सहयोग गरिएको छ । स्याङ्जाको बेसारेडाँडा पुर्खौली घर भई पोखरा अमरसिङमा बसोबास गर्ने र अहिले पोर्चुगलमा ब्यापार गरिरहेको श्रीमान् श्रीमती भुमीकिशोर गुरुङ र कविता गुरुङले माईलाकान्छा सहयोग अभियान मार्फन उक्त सहयोग रकम पठाएका हुन् ।

भुमीकिशोर २००० ईन्टेकमा भर्ती भई नम्बर २००९३ सिपिएल हुन् । २० बर्ष सिंगापुर पुलिस फोर्समा कार्यरत भुमिकिशोर गत फेब्रुवरीमा सेवाबाट अवकाश लिएर अहिले युरोपको पोर्चुगलमा ब्यापार गरिरहेका छन् । भुमीकिशोर गुरुङ र कविता गुरुङले पठाएको ३६ हजार संयोजक आँधीखोला दोहोरी साँझका सञ्चालक अरुण गुरुङ साथै पार्वती गुरुङको दाईभाउजु विष्णुकाजी गुरुङ र जमुना गुरुङले पिडितहरुलाई हस्तान्तरण गरेका छन् । सहयोग रकममध्ये २६ हजार ७० स्याङ्जा विरुवा गाँउपालिका २ का डोलमाया गुरुङको उपचारको लागि प्रदान गरिएको छ ।

२६ हजार ७० मा पार्वती गुरुङको दाईभाउजु विष्णुकाजी गुरुङ र जमुना गुरुङ ४ हजार थप गरि ३० हजार डोलमायाको उपचारको लागि प्रदान गरिएको छ । डोलमाया गुरुङको कलेजो खराव तथा रगतमा समस्या देखिएर गण्डकी मेडिकल कलेजको आई.सि.यू कक्षमा विगत १४ दिनदेखि उपचाररत छन् । गर्भवती डोलमायाको पेटमा भएको बच्चा पनि रगतको समस्या भएको कारण अप्रेशन गर्न नसकिएको उनका आफन्तले जानकारी दिएका छन् । सहयोग रकम मध्ये १० हजार खुट्टाको समस्या भएका जिवन गिरीका लागि प्रदान गरिएको छ । स्याङ्जाका ६० वर्षिय गिरीको दुवै खुट्टामा समस्या भएको कारण ह्वील चियरको सहाराले हिडडुल गर्ने गर्छन । उनलाई सानो छोराले ह्वीलचियरमा यताउता गराउने गर्छन् ।

नेपालीको सानो दुःखमा पनि सहकार्य गरिहाल्ने माईलाकान्छाले कर्मभूमी पुगिसकेपछी अरु दिन दुःखीहरुलाई पनि सहयोग गरेका छन् । अस्पतालको बेडबाट जिवन मरनको दोसाधमा रही, नयाँ जिबनको भिक मागीरहदा चुप लागेर बस्ना नसकी सहयोगी मनहरुसंग सहकार्य गरिरहेको पार्वती गुरुङले बताईन् । यसैक्रममा स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँ पालिका वार्ड नम्बर १ बस्ने स्वर्गिय कर्ण बहादुर रोकाको ४१ वर्षका छोरा मेग बहादुर रोकाको उपचार खर्चको लागि पनि सहयोग गरेका छन् । उक्त अभियानमा माईलाकान्छा सहित सिटी एक्सप्रेस मनि ट्रान्सफर यू.केका सञ्चालक कर्ण गुरुङको संयोजनमा संकलित रकम सहयोग गरिसकेको छ । रोका गत एक वर्षदेखि नयाँ दिल्लीको राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार गराउदै आएका छन् ।

उपचारको क्रममा आफ्नो भए भरको श्रीसम्पत्ति पनि खर्च भैसकेको हुदा उनिहरुको उपचारको लागि पनि अभियान चलाएर सहयोग रकम पठाएको उनको भनाई छ । सके सम्म आफ्नो गाऊ आफै बनाऊ भन्ने मन भएका माईलाकान्छाले धेरै सहयोग गरेर मिडियाबाजी गर्न भन्दा थोरै सहयोग आफ्नै गाँउको लागि गर्नुपर्ने बताईन् । मेग बहादुर रोकाको उपचार खर्चको लागि पनि सहयोग गर्ने सहयोगीहरु :-

१. श्रीमान्/श्रीमती भिम÷गुड्डु गुरुङ फेदिखोला हाल : लण्डन रु १४,७००

२. टिका गुरुङ, शिरुबारी हाल : लण्डन रु १०,०००

३. राजमाया गुरुङ, रापाकोट हाल : लण्डन, रु १०,०००

४. श्रीमान्/श्रीमती माया गुरुङ (कान्छा) ल्वाङघलेल हाल : लण्डन रु १०,०००

५. श्रीमान्/श्रीमती मिना गुरुङ, चारभञ्ज्याङ लामे, हाल : रिडिङ लण्डन रु १०,०००

६. श्रीमान्/श्रीमती सिमा गुरुङ, चारभञ्ज्याङ लामे, हाल : यू.के ब्राकनेल रु १०,०००

७. श्रीमान्/श्रीमती सुजन गुरुङ ,चारभञ्ज्याङ लामे, हाल : लण्डन रु १०,०००

८. श्रीमान्/श्रीमती केभ/हरिमाया, शिरुबारी हाल : यू.के रिडिङ्ग रु १०,०००

९. श्रीमान्/श्रीमती अर्जुन/सुनिता गुरुङ, स्याङ्जा, हाल : यू.के बेसिङटोक रु १०,०००

१०. श्रीमान्/श्रीमती सन्तोष/राधा गुरुङ, शिरुबारी हाल : यू.के रिडिङ ५० पाउण्ड

११. सपना गुरुङ, शिरुबारी हाल : यू.के रिडिङ २० पाउण्ड

१२. श्रीमान्/श्रीमती जुम/पार्वती गुरुङ, दारुङ हाल : यू.के लण्डन रु १०,०००

१३. श्रीमान्/श्रीमती ह्यारी/दिता गुरुङ, रापाकोट हाल : लण्डन उलवीच रु १०,०००

१४. श्रीमान्/श्रीमती युवराज/बबिता गुरुङ, दुरुङ हाल : क्याम्ब्रेली रु १०,०००

१५. श्रीमान्श्री/मती सन्तोष/जुनी गुरुङ, अर्जुनचौपारी हाल : यू.के ५० पाउण्ड

१६. श्रीमान्/श्रीमती प्रशान्त/मिरा तामाङ, झापा उर्लाबारी हाल : रिडिङ २० पाउण्ड

१७. श्रीमान्/श्रीमती कृष्ण÷दिम्पी गुरुङ हाल : यू.के रिडिङ २० पाउण्ड

यसैगरि आफ्नो व्यस्तताको बाबजुत पनि थोरै समय निकालेर धादिङग ज्वलामुखी ७ माथिल्लो रामपुर निवासी मिलन तामाङ र मनिसा तामाङ छोराको लागि पनि सहयोग पठाएका छन् । उनिहरुलाई यो भन्दा अगाडी पनि सहयोग गरेको उनको भनाई छ । पहिलोपटक ४० हजार, दोश्रोपटक ६२ हजार ५५ र यो तेश्रोपटक २९ हजार २ सय सहयोग गरिएको हो । उनिहरुको छोराको जन्मदै मलद्धार नभएको र अप्रेसन गरी साईड बाटा दिसा गर्ने गराउने गर्छन् । फेरी आप्रेसन गर्नुपर्ने भएकाले सहयोग जुटाई रहेकोमा सहयोगी हातहरु अगाडी बढ्दै माईलाकान्छा सहयोग आभियन मार्फत पुन्यको काम गरेको उनले बताईन् ।

मिलन तामाङ र मनिसा तामाङ छोराको लागि सहयोग गर्ने सहयोगीहरु :-

१. श्रीमान्/श्रीमती धन बहादुर\शशी गुरुङ सिक्लेस हाल : लन्डन उलउईच निवासी रु १४,६००

२.श्रीमान्/श्रीमती भक्त बहादुर\धनमाया गुरुङ बराल डाडा पोखरा लाली गुरास टोल हाल : लन्डन उलउइच निवासि रु ७,३००

३. श्रीमान्/श्रीमती उत्तर बहादुर गुरुङ\बत्ती माया गुरुङ भाचोक, मादी गाउँपालिका, पोखरा वडा नम्बर १३ हाल : युके अल्डरशट निवासि ह्यम्पसर तमु समाज युकेको पुर्ब अध्यक्ष तथा तमु धि युकेका सल्लाहकार रु ७,३००

यस्तै भोजपुर जिल्ला आम्चोक स्थाई घर भई सानोठिमी क्याम्पसमा एम.एड. पहिलो वर्षमा अध्यनरत सुर्य राईको आमा सुवाष माया राईको उपचारको लागि पनि उनिहरुले सहयोग गरेका छन् । राईको लागि २० हजार ६ सय ११ सहयोग गरिनेछ । राई अति सिकिस्त भएकाले भोजपुरबाट धरान गोपा क्याम्प लैजान चिकीत्सकले सल्लाह दिएपनि आर्थिक अभावको कारण बिच बाटोेमै अलपत्र पारकोले सहयोग गरिएको पार्वती गुरुङले बताईन् ।

सुवाष माया राईको उपचारको लागि सहयोग गर्ने सहयोगीहरु :-

१. श्रीमान्/श्रीमती कमल\मुना गुरुङ, चारभन्ज्याङ ठानामौला हाल : युके अल्डरसर्ट रु १४,६००

२. श्रीमान्/श्रीमती मनकाजी\कृष्णदेबि गुरुङ, पक्लिहावा हाल : लन्डन आबिउड रु ६,०११ मिलन तामाङ र मनिसा तामाङको छोराको लागि आएको सहयोग र सुवाष माया राईको लागि आएको सहयोग रकम लकडाउनको कारण पिडितसामु पु¥याउन केही समय लागेको उनले बताईन् । उचित समय मिलाएर छिट्टै सोक रकम हस्तान्तरण गरिने पनि उनले बताईन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!