नेपाली वेलफेयर सोसाइटी युकेद्वारा म्याग्दीका बाढीपहिरोपीडितहरुलाई राहत वितरण

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेले हालै म्याग्दीमा गएको बाढीपहिरोबाट विस्थापितहरुलाई राहत वितरण गरेको छ । सोसाईटीले गत असार २५ गते शुक्रबार राति म्याग्दी जिल्ला मालिका गाउँपालिका–७, दुलेओडारमा आएको भिषण बाढीपहिरोबाट विस्थापित भएका ५५ घर परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सामाग्री आइतबार १९ जुलाईका दिन उपलब्ध गराएको हो ।

यसअघि कोभिड–१९ बाट प्रभावित भएका नेपालका सातैवटा प्रदेशमा राहत वितरण गरिसकेका सोसाईटीले उक्त बाढीपहिरोबाट पीडितहरुको आवश्यकतालाई ध्यानमा राखेर प्रतिघर ३० किलो चामल, दुई लिटर तेल, दुई पोका नुन, र दुई थान साबुन वितरण गरिएको नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोबाट घरवास गुमाएका र घरवास नगुमाएका तर अझै जोखिमका कारण अत्यत्र सरेर बसेकाहरुलाई राहत वितरण गरिएको हो ।

जुम प्रविधिको प्रयोग गर्दै बेलायतबाट सोझै भर्चुयली म्याग्दी संग जोडेर राहत वितरण गरिएको कार्यक्रममा स्थानीय म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य माननीय सांसद भुप्रेन्द्र थापाले प्रमुख अतिथिको आशनबाट उक्त बाढीपहिरोबाट २८ जनाको निधन भएको र ४ जना अझै बेपत्ता रहेको बताउँदै बस्न र खाना समस्यामा रहेका पीडितहरुलाई सोसाईटीले गरेको सहयोगले प्रसंशा गर्दै धन्यवाद दिए ।

त्यस्तै, काउन्सिल मेम्बर तथा रश्मुर बोरो काउन्सिल सदस्य तथा लेबर पार्टी सदस्य,अल्टरसर्ट युनियन युनिटीका अध्यक्ष ज्ञानोर अस्ट्रिनले सोसाईटीले गरेको कार्यको प्रसंशा गर्दै निम्ताका लागि अध्यक्ष सार्कीलाई धन्यबाद दिइन् । त्यस्तै, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित,उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा.बुद्धि नेपालीले सोसाईटीले उदयपुरको भुल्केबाट ‘बाँचौ र बचाऊ अभियान’ संचालन गर्दै आएको बताए ।

एनआरएनए यूके सचिव जीत रानाभाटले सञ्चालन गरेको कार्यक्रममा पूर्व अञ्चलाधिस उत्तर टमाटा, मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, उपप्रमुख खरमाया बिटालु, वडा नंं ७ का वडा अध्यक्ष रेशम बहादुर जुग्जाली, नेकपा म्याग्दी जिल्ला सदस्य पुस्कर बिश्वकर्मा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य भोजबहादुर थापा, जनता समाजबादी पार्टीका गण्डकी प्रदेश सदस्य यम किसान सार्की, दलित युवा सन्जाल म्याग्दी जिल्ला शाखा अध्यक्ष किसान बिश्वकर्मा, मालिका गाउँपालिका वडा नं ७ का वडा सदस्य बुद्धिबहादुर जुग्जाली, वडा सदस्य चंदेबी फगामी, दलित संघर्ष समितिका अध्यक्ष सृजना बिश्वकर्मा, म्याग्दी अर्गनाईजेशन युके (मोना) का अध्यक्ष दलबहादुर जुग्लाली, रोयल बरो अफ ग्रिविच नेप्लिज सोसाईटी युकेकी अध्यक्ष शर्मिला हिराचन थकाली, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्ड युकेकी अध्यक्ष गोमा पौडेल, उपाध्यक्ष भिम शर्मा, बिश्वकर्मा वेलफेयर सोसाईटी युकेका अध्यक्ष कुमार सुनार, दिदिबहिनी समूह युकेका शारदा थापा, माया केसी, लक्ष्मी बस्नेत, मगर संघ युकेका उपाध्यक्ष एवं मोना युकेका महासचिव लालबहादुर पुन, मोना युकेका कोषाध्यक्ष पदम गर्बुजा, लन्डन नेपाल न्युज युकेका शिब भण्डारी, म्याग्दीकाली एफएमका बादल शाही लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, नेपालको बिभिन्न क्षेत्रबाट अतिथिहरुमा लमजुङ, बेसीसहर नगरपालिका–१ का वडा सदस्य टिका बसेल, मोरङ, सुन्दर हरैचा, नगरपालिका– ६ की वडा सदस्य प्रमिला लकान्द्री, पिस फर दलित फाउन्डेसन पर्साका अध्यक्ष मनोज राम, पुतली बजार नगरपालिका–७, स्याङ्जाकी समाजसेवी रन्जना सुन्दास, धनगढी उपमहानगरपालिका–११ का समाजसेवी मीन चोख्गल मुख्यसाप, नेपाली वेलफेयर सोसाईटी युकेका कार्यसमिति,तथा सल्लाहकार सदस्यहरु गोपाल रोका, दिल बहादुर सार्की, बुधि नेपाली, आशा देबी रोका लगायत भर्चुयली उपस्थिति रहेका थिए ।

स्मरण रहोस्, सोसाइटीले यस अघि कोभिड–१९ ले प्रभावित लकडाउनका कारण समस्यामा रहेका नेपालका १३ जिल्लाका ४८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत वितरण गरिसकेको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!