प्रथम भिसीको शालिक निर्माणमा गोर्खा आमा समूह अल्डरसट एम्पायर हलको एक हजार २२१ पाउण्ड सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसट टाउनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) कुलविर थापाको शालिक निर्माणमा विगत केही बर्ष देखि अल्डरसटमा क्रियाशिल गोर्खा आमा समूह अल्डरसट एम्पायर हलद्वारा एक हजार २२१ पाउण्ड आर्थिक सहयोग गरेको छ । गत शनिबार १८ जुलाईका दिन ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राईलाई एक कार्यक्रमबीच रस्मुर बरो काउन्सिल फार्नबोरास्थित कार्यालयमा समूहकी अध्यक्ष तारा गुरुङले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

सो कार्यक्रममा जीआरएनसी अध्यक्ष राईले आमा समूहले गरेको सहयोगको प्रसंशा गर्दै आमाहरुबाट केही कुरा सिक्नुमा जोड दिए । साथै, उनले सो शालिकको अनावरण गर्ने दिनमा समूहलाई निमन्त्रणा गरिने समेत जनाए । त्यस्तै, उनले अनावरणमा बेलायत र नेपालमा रहेका भिसी थापाके नजिकको परिवारलाई समेत बोलाईने बताए । सो चेक हस्तान्तरण कार्यक्रममा आमा समूहकी महासचिव भगवती घले, संरक्षक धनमाया गुरुङ, जीआरएनएसीका उपाध्यक्ष मान गुरुङ, पूर्व अध्यक्ष एवं सल्लाहकार ओम थापा लगायतको बिशेष उपस्थिति रहेको थियो ।

सो शालिक निर्माण परियोजना अर्थात् गोर्खा मोमोरियल स्ट्याच्यु प्रोजेक्टले सहयोगको लागि अनुरोध गरेअनुसार लक्ष्य भन्दा बढीको प्रतिवद्धता आएको र सो प्रतिवद्धतानुसारको रकम तिब्र गतिमा आइरहेको जीआरएनसी उपाध्यक्ष मान गुरुङले जनाए । स्मरण रहोस्, करीब एक लाख २५ हजार पाउण्डको लागतमा निर्माण गर्न लागिएको सो शालिक निर्माण लागि बेलायत रहेका नेपाली संघसंस्थाहरुले हातेमालो गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!