कलाकार कल्याणकारी कोषको नवनिर्वाचित नेतृत्वलाई लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्कीको सम्मान

SHARE:

हुम तमु,  पोखरा, ९ साउन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिद्धारा स्थापित कलाकार कल्याणकारी कोषको नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सदस्यलाई पोखरामा सम्मान गरिएको छ। लोकदोहोरी कलाकारहरुको कल्याणका लागि, दुःख, समस्यामा तत्काल सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषको नेतृत्वमा पोखरेलीहरु अध्यक्षमा वरिष्ठ लोकदोहोरी गायक प्राज्ञ प्रजापती पराजुली, उपाध्यक्षमा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र सदस्यमा वरिष्ठ लोकदोहोरी गायिका पार्वती जिसी मनोनयन हुनुभएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितिले शुक्रवार पोखरामा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो। नवनिर्वाचित अध्यक्ष पराजुली, उपाध्यक्ष न्यौपाने र सदस्य जिसीलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ र कास्की जिल्ला समितिका अध्यक्ष टोप क्षेत्रीले सम्मानपत्र, दोसल्ला, खादा, बुके, अबिरबाट कार्यकालको पुर्ण सफलताको शुभकामनासहित बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो।

प्रमुख अतिथि माननीय बिष्टले कोषका नवनिर्वाचित नेतृत्वलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुदै सहज बातावरणमा कोष संलकन र असहज अवस्थामा कलाकारहरुको दुःख पिडामा सहयोग गर्नुपर्ने बताउनुभयो।उहाँले आफ्नो तर्फबाट पनि कल्याणकारी कोषमा सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कोषका नवनिर्वाचित अध्यक्ष प्राज्ञ प्रजापती पराजुलीले कलाकारको कल्याणका लागि निति बनाएर कोष व्यवस्थित गर्ने बताउनुभयो। उहाँले कोषबाट सेवा सुविधा प्राप्त गर्न कलाकारहरुले पनि आफ्नो दायित्व बिर्सन हुदैन भन्नुहुदै कलाकारहरु पनि मर्यादित बन्नुपर्ने सुझाव दिनुभयो। अध्यक्ष पराजुलीले कल्याणकोष सक्दो अभिवृद्धि गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। नवनिर्वाचित उपाध्यक्ष पुरुषोत्तम न्यौपानेले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले र गण्डकीका कलाकारहरुले अत्यन्तै राम्रा काम गरेकाले गण्डकीका हामीले कोषमा नेतृत्व पाएको बताउनुभयो।

एक करोड सात लाख रकम रहेको कोषलाई आफुहरुको कार्यकालमा २ करोड बनाउन पहल गर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालले कल्याणकारी कोषका विविध पक्षका बारेमा जानकारी गराउनु भएको थियो भने प्रतिष्ठानका सल्लाहकार एवम संरक्षक यामबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै कल्याणकारी कोषको नेतृत्व गण्डकीले प्राप्त गरेकाले यस क्षेत्रका कलाकारका लागि थप खुशीको दिन आएको दावी गर्नुभयो। कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार कल्याणकारी कोषको महत्व, गण्डकी प्रदेश समितिका गतिविधी जानकारी दिनुभएको थियो भने स्वागत कास्की जिल्ला समिति अध्यक्ष टोप क्षेत्री र संचालन गण्डकी प्रदेश समितिकी महिला सचिव मञ्जु विकले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले कल्याणकारी कोषका लागि नवनिर्वाचित कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीलाई १ लाख ११ हजार १११ रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो भने वरिष्ठ सँस्कृतिकर्मी बुद्धिमान गुरुङ धम्पुले आफ्नो ६४ वर्ष पुगेको अवसरमा कोषमा ६४ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित बृहत लोक साँस्कृतिक महोत्सव २०७६ का सहयोगीहरु, पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनका सहयोगीहरु सम्मान र नव दाम्पत्य दोहोरी कलाकारलाई बधाई ज्ञापन गरिएको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!