जमुना पुन
बेलायत । गत शनिबार ८ अगष्ट २०२० को दिन फोनिज युकेको बैठक मगर भवन, फार्नबोरोमा सम्पन्न भएको छ। उक्त बैठकले आगामी दिनमा हुन गैरहेको फोनिज युकेको राष्ट्रिय अधिबेशनको लागि निर्बाचन मण्डल गठन गरेको छ I २४ अक्टुबरमा हुने उक्त राष्ट्रिय अधिबेशनको लागि निर्बाचन मण्डलको प्रमुख संयोजक संस्थाका प्रमुख सल्लाहकार मे. रि. सोनाम शेर्पालाई चयन गरेको छ भने सदस्यहरु सल्लाहकारहरु बिमला सेने र नरेश खपांगीलाई चयन गरेको छ।
बैठकले सदस्यता नबिकरण र नयाँ सदस्यको लागि सदस्यता वितरणको अन्तिम मिति शनिबार १० अक्टोबर २०२० टोकेको छ भने सदस्यता शुल्क £२० लिने निर्णय गरेको छ। सो बैठकमा संस्थाका अध्यक्ष प्रमिला लाबुङ्ग राईले फोनिज युकेले नेपालमा रहेका आदिबासी जनजाती पत्रकारहरुको लागि स्थापना गरिएको रु पाँच लाखको अक्षयकोषको बारेमा बिशेष आर्थिक बिबरण प्रस्तुत गर्नुको साथै अक्षयकोषको लागि नपुग भएको रकम राष्ट्रिय अधिबेशन अगाडिनै संस्थाका कार्यसमितिहरु र सल्लाहकारहरुको सहयोगमा पुरा गर्ने निर्णय भएको छ। बैठकमा कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिबेदन पेश गरेका थिए भने बैठकमा उपस्थित सदस्यहरुले फोनिज युकेको विभिन्न बिषयहरुको बारेमा व्यापक छलफल गरेको छ।
प्रमिला लाबुंग राईले अध्यक्षता गरेको बैठकमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नगेन्द्र नेम्बाङ्ग ले दिएका थिए। सस्थाका महासचिब जमुना पुनले कार्यक्रम संचालन गरेको बैठकमा सल्लाहकारहरु मे. रि. सोनाम शेर्पा, दुत पुन , बिमला सेने कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रमिला लाबुंग राई, उपाध्यक्ष नगेन्द्र नेम्बांग, महासचिब जमुना पुन, कोषाध्यक्ष गोमा राना , सचिब भिमल राई , सदस्यहरु होम किरात सुनुवार र मुकेश राईको उपस्थिति रहेको थियो।






