नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, बुधबारसम्म ९१ जनाको मृत्यु

SHARE:

काठमाडौं २८ साउन । नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए । संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेको संख्या ९१ पुग्यो
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकदिनमा मृत्यु भएको सर्वाधिक संख्या हो ।

पछिल्लो एक हप्तामा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको मृत्यु भएको जानकारी दिए । प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!