नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ पुगे, ९५ जनाको मृत्यु

SHARE:

काठमाडौं २९ साउन । नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ पुगेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कूल संक्रमित २४ हजार ९५७ पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् । काठमाडौँ उपत्यकामा आज १२७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एकएक जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा राम जानकी अस्पतालमा यही साउन २५ गते मृत्यु भएको हो । उनी क्षयरोग तथा मधुमेहका रोगी हुनुहुन्थ्यो । त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिलाको यही साउन २८ गते मृत्यु भएको छ । उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।

त्यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उनी मुटुरोगी थिए । त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!