सिन्धुपाल्चोक भीषण पहिरो : लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते, हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

SHARE:

सिन्धुपाल्चोक ३० साउन । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए ।

पहिराले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको र उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीयवासी आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

यसैबीच भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ । जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए ।

उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन ।

यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!