कालीकोटमा पहिरोमा परी एकै घरका ६ जनाको ज्यान गयो

SHARE:

कालीकोट ३० साउन । कालिकोटको महावै गाउँपालिका-३ नकुमा पहिरोले घर पुरिँदा एकै घरका ६ जनाको ज्यान गएको छ ।

बिहीबार राति साढे १२ बजे वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा उनका दुई छोराहरु १३ वर्षीय पुष्प र ११ वर्षीय प्रविन, छोरीहरु १८ वर्षीया सबिना र १५ वर्षीया आशा, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुरका छोरीहरु १९ वर्षीया शान्ति र १० वर्षीया रेखाको मृत्यु भएको हो ।

डीएसपी श्यामबाबु ओलियाले स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले घटनास्थलबाट शव निकालेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!