नेपालमा २४ घन्टामा ५८१ जनामा कोरोना संक्रमण, थप ३ को मृत्यु

SHARE:

काठमाडौं १ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जनाए ।

यसैगरी २४ घन्टामा १६० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृतकको संख्या १०७ जना पुगेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् । यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ छ ।

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ५ लाख २९ हजार ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!