काठमाडौं २ भदौ । नेपाल सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वेल्जियम र युरोपियन युनियन तथा पाकिस्तान र जर्मनीका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्ति गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।






