बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा, अन्य ४० जिल्लामा कडाई

SHARE:

काठमाडौँ, ३ भदौ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/विक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।

निषेधको बेला के गर्न पाइन्छ के पाइँदैन ?

  • औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने
  • अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय सञ्चालन गर्न नपाउने
  • अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचयपत्रका आधारमा बिहान ९ बजेदेखि १०:३० भित्र कार्यालय पुग्ने र दिउँसो ३ बजेदेखि ५:३० भित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनुपर्ने
  • पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्नेबाहेक सवारीसाधन सञ्चालन गर्न नपाइने
  • कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन, मानिस भेला हुन, भीडभाड, सभा/जुलुस गर्न नपाइने
    दैनिक आन्तरिक नित्यपूजाबाहेक मठ/मन्दिरलगायतमा धार्मिक तथा सांस्कृतिक सेवा, सबै किसिमका शैक्षिक गतिविधिलगायतलाई पनि निषेध
  • बैंक तथा बित्तीय संस्थाले सम्भव भएसम्म विद्युतीय सेवा दिनुपर्ने र त्यो सम्भव नभए न्यूनतम कर्मचारीबाट आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गर्नुपर्ने
  • हवाई उडानबाट बाहिर जानेका हकमा पासपोर्ट, भिसा, हवाई टिकट हेरेर सवारीसाधनलाई विमानस्थलसम्म जान सहजीकरण गरिने

जिल्लामा निषेधाज्ञा/सिल र सेवा बन्द रहेका ४०

  • २९ जिल्लामा निषेधाज्ञा
  • ७ जिल्लामा लकडाउन
  • २/२ जिल्लामा सिल र सेवा ब
  • २१ जिल्लामा पूर्ण र १९ जिल्लामा आंशिक बन्द तथा निषेधाज्ञा

कतै पूरै र कतै आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरु

  • कास्की
  • अर्घाखाँची
  • लमजुङ
  • गोरखा
  • बागलुङ

सिन्धुपाल्चोक
पश्चिम नवलपरासी
दोलखा
चितवन
रामेछाप
पाल्पा
सुर्खेत
उदयपुर
तनहुँ
धनकुटा
रुकुम पश्चिम
धादिङ
कपिलवस्तु
मकवानपुर
रूपन्देही
रौतहट

उपत्यकाका तीनवटै जिल्ला
झापा
दार्चुला
मोरङ
बर्दिया
जुम्ला
सिरहा
स्याङ्जा
सर्लाही
सुनसरी
महोत्तरी
बारा
पर्सा
बाँके
नुवाकोट
सप्तरी
धनुषामा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!