नि:शुल्क सदस्यता र अनलाइन भोटिङको प्रस्ताव विशेष अधिवेशनमा लैजाने एनआरएनए आईसीसीको निर्णय

SHARE:

लन्डन ७ भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् (एनआरएनए आईसीसी) ले नि:शुल्क सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको व्यवस्था गर्ने प्रस्ताव विशेष अधिवेशनमा लैजाने निर्णय गरेको छ ।

अगस्ट २२, २०२० मा बसेको एनआरएनए आईसीसीको ७४ औं बैठकले साधारणसभामा नि:शुल्क सदस्यता र अनलाइन भोटिङ र प्रतिनिधि छनोटलगायत विषय विशेष अधिवेशनमा लैजाने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । उनका अनुसार बैठकले महाशिवेशन प्रतिनिधि पनि नि:शुल्क गर्ने र अनलाइन भोटिङको व्यवस्थालाई उत्कृष्ट रुपमा नीति तय गर्ने निर्णय गरिएको छ ।

अब संघको सदस्यता एमआईएस प्रणालीमार्फत एनआरएनए सिष्टममा गएर नि:शुल्क लिन सक्ने बनाइने छ । यसका लागि बैठकले संघका महासचिव डा हेमराज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा विधान समितिका संयोजक भुषण घिमिरे रहेका छन् । कार्यदललाई नीतिको व्यवहारिकतालाई ध्यान दिएर प्रतिवेदन तयार पारी दुई हप्ताभित्र संघको पदाधिकारी बैठकमा पेस गर्न कार्यादेश तोकिएको छ । सो नीति गैरआवासीय नेपाली संघको विशेष साधारणसभामा पेस गर्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!