झन्डा जलाउनेले भन्दा झन्डा हल्लाउनेबाट देश बिग्रियो : जनजाति संगठन

SHARE:

काठमाडौं ८ भदौ । नेपालका आदिवासी जनजाति सम्बन्ध संस्थाहरुले झन्डा जलाइएको विषयमा असमान व्यवहार देखाएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपाल तामाङ घेदुङ, थारु कल्याणकारिणी सभा, अध्यक्ष नेवाः देय् दबू, नेपाल मगर संघ, किरात राई यायोक्खा र नेपाल शेर्पा संघले संयुक्त विज्ञप्ति निकाल्दै पछिल्लो झन्डा जलाउने घट्ना सबै निन्दनीय कार्य भन्दै खेद व्यक्त गरेका छन् । ‘झन्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटिलगायत बाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौं ।’

नेपाल देशको राष्ट्रिय झन्टा जलाएको क्लिपसहित गेल्जेन दोर्जे तामाङको समूहले र्‍याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति ती संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेका हुन् ।

जुनसुकै घटना भए पनि राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घटनाका दोषीलाई मात्र कारबाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार भएको ती संगठनले ठहर गरेका छन । यस किसिमको गलत गतिविधि गर्नेहरूमाथि राज्य समान रुपमा प्रस्तुत हुन आग्रह पनि गरिएको छ । राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत ध्यानाकर्षण गर्न गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!