नेपालमा यस्तो छ कोरोना अपडेट : ७४३ नयाँ संक्रमित, ८ मृतक थपिए

SHARE:

काठमाडौं ८ भदौ । नेपालमा बितेको २४ घन्टामा ७ सय ४३ जना नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यो सँगै कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।

हालसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । सोमबारमात्रै १७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमले आइसोलेसनमा १३ हजार ७ सय १५ रहेको र क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेको बताए ।

पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

रुपन्देहीमा ४ जना, सुनसरी, मोरङ, पर्सा र काठमाडौंमा १/१ जनाको निधन भएको प्रवक्ता गौतमले जनाए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १५७ पुगेको छ ।

सुनसरी ६८ वर्षीय पुरुष
मोरङ ६५ वर्षीय पुरुष
पर्सा ७० वर्षीया महिला
काठमाडौं ४८ वर्षीया महिला
रुपेन्द्रही ६७ वर्षीया महिला
रुपन्देही ३८, ५३ र ५४ वर्षीय तीन पुरुष

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!