नेपालको काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

SHARE:

काठमाडौं १० भदौ । नेपालको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ ।

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको बुधबारको संयुक्त सुरक्षा बैठकले यसअघि ३ भदौ देखि जारी निषेधाज्ञा १७ गतेसम्म कायम राख्ने निर्णय गरिएको हो । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो । यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ ।

काठमाडौंका उपत्यकामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!