प्रधानमन्त्री ओली भन्छन्, ‘कोभिड–१९ विरुद्ध सबै नेपाली सिपाही’

SHARE:

काठमाडौं १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताएका छ्न् । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पुर्‍याउन सरकार गम्भीर रहेको स्पष्ट गरे । सरकारले गर्ने काम आश्रमले गरेकामा उनले खुलेर प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारले सहयोग गरेको नभई सरकारको भाव नै तपाईँहरुले धानिरहनु भएको छ, उक्त अभियानका लागि क्रमशः सरकारले योगदान बढाउँदै जानेछ ।”

आश्रमले विसं २०८२ सम्म सडकमानवरहित मुलुक बनाउने लक्ष्य लिएको छ । सरकारले भने विसं २०७८ सम्म सडक बालबालिका, सडकमानव र भीख माग्नेरहित देश बनाउने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी गराए ।

कोभिड–१९ विरुद्ध सबै नेपाली सिपाही
कोभिड–१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, “हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु पालना होस्, यो सरकारले आफ्ना निम्ति जारी गरेको नभई आम जनताको स्वास्थ्यका लागि हो ।”
एक करोड सहयोग घोषणा
समारोहमा प्रधानमन्त्री ओलीले आश्रमको सेवा कार्यका लागि स्थापना भएको अक्षय कोषमा सरकारका तर्फबाट एक करोड थप्ने घोषणा गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!