पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना

SHARE:

पोखरा १७ भदौ । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष पितृको स्मृतिमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापनाका लागि ४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

‘उच्चा शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल उद्देश्यले नेपालका ग्रामीण भेगमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङ(कोने तमु) उनको धर्मपत्नी जमुना गुरुङबाट ४ लाख, १५ हजार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग प्रदान गरिएको हो । रकम मंगलबार एक औपचारिक कार्यक्रम गरी प्रतिष्ठानलाई रकम हस्तान्तरण गरियो ।

अध्यक्ष प्रदीप गुरुङ दम्पतीले उक्त रकम आफ्नो स्वर्गीय पितृ खे-माँहरु स्व. जेठी बजै प्रभा श्री गुरुङ स्मृति अक्षयकोष, स्व, बाजे केशु गुरुङ र कान्छी बजै मनमाया गुरुङ स्मृति अक्षयकोष र स्व. बाबा मनबीर गुरुङ स्मृति अक्षयकोष स्थापना गर्न पठाएको तमु सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले ९३ वर्षीय वृद्धा पुज्यनीय फुपु बजै श्रीमती नासिरी तमुलाई खादा लगाई स्वागत गरे । ९३ वर्षीय वृद्धा फुपू ले आफ्नो दुई भाइहरु र छोरा बुहारीहरुको रोहवरमा अमेरिका, नार्थ कारोलाइन, चर्लोट निवासी आफ्नो नाती प्रदीप गुरुङले आफ्नो स्वर्गीय बाजे-बजै र बाबाको स्मृतिमा ३ जना गरिब एवं जेहन्दार तमु विधार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न र प्रतिष्ठानको आजीवन सदस्य बन्नको लागि पठाएको ४ लाख, १५ हजार नगद रकम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमु र कोषध्यक्ष कौसिला तमुलाई हस्तान्तरण गरिन् ।

रकम हस्तान्तरणपछि “७५ वर्षसम्म बेपत्ता भएको एक मात्र दाइको नातिले आफ्नो पुर्खाको परिवार खोजी गरी आज आपनो पुर्खा/पितृ(खे-माँ)को स्मृतिमा गरिब एवं जेहेन्दार विद्यार्थी अक्षयकोष स्थापना गरी धेरै राम्रो काम गरेकोमा ज्यादै भावुक हुँदै नाति र नातिको परिवारलाई सु-स्वास्थ्य, सुख सम्वृद्धि, चिरायु होस् भनि आशीर्वाद दिइन् ।

कार्यक्रममा अक्षयकोषदाता प्रदीप गुरुङका अफन्ताहरु खम्बासिङ्ग गुरुङ, अमर गुरुङ, केशबहादुर गुरुङ, महिला व्यवसायी एवं नेत्री पवित्र गुरुङ र युथ कम्युनिटी क्लब अफ पोखराका सदस्य तथा युवा व्यवसायी रोशन गुरुङले अक्षयकोषदाता गुरुङको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा महिला ब्यबसायी एवं नेत्री पबित्र गुरुङले प्रतिष्ठानको आजीवन सदस्य बन्न अनुरोध गर्दै आजीवन सदस्य शुल्क १० हजारको चेक प्रतिष्ठानका कोषाध्यक्ष कौशिला गुरुङलाई गरिन् ।|

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले अमेरिकामा रहेर पनि अक्षयकोषदाता गुरुङले आफ्नो परिवार र तमु जातिको धर्म भाषा संस्कार सांस्कृतिक खोजी गरि सम्रक्षण सम्बर्द्धन र उत्थान गर्नको लागि पितृ खे-माँको स्मृतिमा ३ जना गरिब एवं जेहेन्दार तमु विद्यार्थी छात्रवृत्ति स्थापना गर्नुको साथै प्रतिष्ठानको आजीवन सदस्य बन्नु भएकोमा आफ्नो व्यक्तिगत एवं प्रतिष्ठानको तर्फबाट उहाँ एवं उहाँको संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकालाई हार्दिक धन्यवाद दिदै आभार प्रकट गरे |

कार्यक्रममा अक्षयकोषदाताका आफन्तहरु ले. उद्रबहादुर गुरुङ, ओमसुवा गुरुङ, सुबेदार टेकबहादुर गुरुङ, सुष्मिता गुरुङ र प्रनिश गुरुङको उपस्थिति रहेको थियो |

कार्यक्रमको सहजीकरण रोशन तमु, फोटो एवं भिडियो छायाँकन प्रतिष्ठानका सदस्य एवं वेबसाइट प्रबन्धक मणिलाल तमुले सहयोग गरेका थिए भने संचालन प्रतिष्ठानका सचिव भेषबहादुर तमुले गरेका थिए ।

तस्बिर सौजन्य : मणिलाल तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!