बागलुङको ढोरपाटन बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, ४ जनाको सनाखत

SHARE:

बागलुङ १९ भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार रातिकोबाढी र पहिरोले मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम शुक्रबार हुने छ ।

घटनामा बेपत्ताको शुक्रबार बिहानैदेखि खोजी शुरु भएको प्रहरीले बतायो ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!