पोखरा २२ भदौ । ब्रेन ट्युमर भएकी १४ वर्षीया ममता गुरुङले उपचारका लागि सहयोगको आग्रह गरेकी छन् ।
स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका २ घर भई स्थानीय जामुने डाँडा माविमा कक्षा ८ मा अध्ययनरत ममताको उपचारमा आर्थिक अभाव भएपछि उनले सहयोगका लागि आग्रह गरेकी हुन् । पोखराको फेवासिटी अस्पतालमा विगत चार महिनादेखि उपचाररत छिन् ।
उपचारमा रकम अभाव भएपछि उनको अप्रेसन हुन सकेको छैन । स्थानीय लालीगुराँस युवा क्लबले पनि आर्थिक सहयोगको लागि आग्रह गरेको छ । कमजोर आर्थिक अवस्था भएका ममताको उपचारमा करिब १० लाख खर्च भइसकेको आमा मञ्जु गुरुङले बताइन् ।
सहयोग गर्न चाहनेले मुक्तिनाथ विकास बैंकको पृथ्वीचोकस्थित शाखाको ओममाया गुरुङको नाममा रहेको खाता नम्बर ००४२१६००४४३९५१०००००१ मा रकम जम्मा गर्न सक्नेछन । सहयोग गर्न चाहानेले खेम गुरुङलाई ९८५६०११७५२ मा पनि सम्पर्क गर्न सक्नेछन् ।






