विदेशस्थित तामाङ संस्थाहरुबाट सिन्धुपाल्चोकका पहिरोपीडितलाई २२ लाख सहयोग

SHARE:

काठमाडौं २६ भदौ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम उपलब्ध गराएका छन् ।

तामाङ संघ/संस्थाका प्रतिनिधिहरुले बिहीबार नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा एक कार्यक्रम गरी विदेशमा संकलित एकमुष्ट रकम २२ लाख १२ हजार ४९५/– पीडित परिवारसमक्ष पुर्‍याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद् ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम उपलब्ध गराउने संस्थाहरु
तामाङ समाज बेल्जियम रु. ४,००,०००/–
तामाङ समाज जापान रु. ३,७०,०००/–
तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु. ३,३२,०००/–
तामाङ घेदुङ हङकङ रु. ३,०८,०००/–
तामाङ घेदुङ यु.के. रु. २,०१,०००/–
नेपाल तामाङ घेदुङ बहराईन रु. १,५२,०००/–
नेपाल तामाङ घेदुङ कतार रु. १,२०,३८४/–
नेपाल तामाङ घेदुङ साइप्रस रु. १,१५,०००/–
मकाउ तामाङ घेदुङ एसोसियसन रु. १,१०,०००/–
नेपाल तामाङ घेदुङ मलेसिया रु. १,०४,०००/–

पहिरो गए लगत्तै गाँस र बासको समस्याले पीडित परिवार छटपटाइरहेको बेला साउन ३२ गते नै नेपाल तामाङ घेदुङ इजरायलले सङ्घीय कार्यालयसँग समन्वय गरी १,२६,०००/– रकम सहयोग उपलब्ध गराएको थियो । उक्त रकम घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सोही दिन हस्तान्तरण गरिसकेका छन् ।

सहयोग रकम उपलब्ध गराउने संस्थाका अध्यक्षहरुले विस्थापित परिवारलाई तत्काल उचित बासको ब्यवस्थापन गर्न समेत संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा तामाङ समाज जापानबाट पूर्वउपाध्यक्ष पुजन लामा, तामाङ समाज जापान कित्ताकान्तोका पूर्व सदस्य रविन तामाङ, तामाङ संघ दक्षिण कोरियाबाट तामाङ समाज ख्यङसाङ बुसानका नि. अध्यक्ष विश्वास ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा, घेदुङका सङ्घीय सदस्य तथा साइप्रस घेदुङको समेत प्रतिनिधित्व गर्ने सरोजमोहन तामाङ, पूर्वसांसद दावा तामाङ लगायत घेदुङको पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

घेदुङले पहिरो पीडितहरु हाल बसोबास गरिरहेको स्थान सिन्धुपाल्चोक, बासखर्कमा पुगेर भदौ २६ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा उक्त रकम हस्तान्तरण गर्न लागेको घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले बताए । गोलेले यो विपत्तीको घडीमा नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को आग्रहलाई स्वीकार गरी पीडितलाई यति धेरै रकम सहयोग पुर्‍याउने सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

साउन ३० गते शुक्रबार बिहान गएको पहिरोमा परी लिदी गाउँका ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शब फेला पारी सद्गत गरिएको र बाँकी ६ जनाको शब फेला परेको छैन । पहिरोबाट २८ घर पूर्ण रुपमा क्षतिग्रस्त समेत १५६ तामाङ परिवार विस्थापित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!