बेलायत र जापानबीच व्यापार सम्झौताको सैद्धान्तिक सहमति

SHARE:

लन्डन भदौ २७ । बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति भएको छ ।

युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापान-बेलायत शुक्रबार सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो । दुबै देशबीच वार्षिक करिब १९ अर्ब डलरको व्यापार हुने बेलायती अधिकारीहरुले बताएका छन् ।

बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले बेलायतका औद्योगिक सामग्री, खाद्य तथा पेय, र प्रविधि उद्योगलाई जापानी बजारमा सहज पहुँच हुने जानकारी दिए । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानसँगको नयाँ सम्झौताले बेलायतको अर्थतन्त्रमा करिब १५ अर्ब डलरको थप योगदान पुग्ने बेलायत सरकारको आँकलन छ ।

इयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाइ छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत इयूबाट बाहिर निस्कने बताइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!