किरात याक्थुङ चुम्लुङ यूके वेस्ट केन्ट शाखा अध्यक्षमा वीर नरसिंह चयन

SHARE:

लन्डन २७ भदौ । किरात याक्थुङ चुम्लुङ यूके वेस्ट केन्ट शाखाको अध्यक्षमा डायमन्ड कन्ट्रिब्युटर वीर नरसिङ्ग हुक्पा चोङ्बाङ चयन भएका छन् ।

कियाचु यूके वेस्ट केन्ट शाखाको शनिबार १२ सेप्टेम्बरमा याल्डिङ चुम्लुङ्देनमा सम्पन्न नवौं अधिवेशनले वीर नरसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा डायमन्ड कन्ट्रिब्युटर वीर नरसिङ्ग, दुई उपाध्यक्षमा शेरसिङ हुक्पा चोङ्बाङ र मेनुका ओन्छङ्बो (राई), सचिव सबिता तुम्बाहाङ्फे, सहसचिव (मोडेल) सिर्जना निङ्लेखु, कोषाध्यक्ष कुशल इमेहाङ र सहकोषाध्यक्ष दतहाङ वनेम निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुनिता माबो, विरध्वज तेम्बे, शिवराज ओन्छङ्बो, हितराज ओन्छङ्बो, गुणराज हेल्लोक र विष्णु संयोग रहेका छन् ।

अधिवेशनमा किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष नरवीर आङ्बो प्रमुख अतिथि थिए । सोही अधिवेशनमा किरात याक्थुङ चुम्लुङ यूकेका  वरिष्ठ उपाध्यक्ष एवं एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङ लगायत अतिथि र अन्य व्यक्तित्वहरुको सहभागिता थियो ।

पहिलो चरणमा अध्यक्ष कर्ण प्राङ्देनले साधारणसभालाई सम्बोधन तथा स्वागत मन्तव्य सचिव इन्द्र थक्लुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पाल याक्सोले आर्थिक प्रतिवेदन प्रस्तुत गरी पुरानो कार्यसमिति विघटन गरिएको थियो ।

कार्यक्रममा निर्वाचन मण्डलमा हस्तान्तरण अध्यक्ष बसन्त मादेन, सचिवद्वय रत्न लाबुङ र उत्तर पतङ्वाले नयाँ कार्यसमिति गठन गरेका थिए । नयाँ कार्यसमितिलाई प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष नरबीर आङ्बोद्वारा शपथ ग्रहण गराएका थिए र खादा ओढाई सम्मान गरेका थिए ।

शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि आङ्बोले पुरानो कार्यसमितिलाई धन्यवाद तथा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष वीर नरसिं र सचिव सविता तुम्बाहाङ्फेले बोलेका थिए ।

कर्ण प्राङ्देनको अध्यक्षतामा सम्पन्न अधिवेशन सचिव इन्द्र थक्लुङ र निर्वाचन मण्डल सचिव रत्न लाबुङले सञ्‍चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!