विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

SHARE:

काठमाडौं २८ भदौ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको जनाएको छ । यो सातामात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो ।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव छ प्रतिशत हो । हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!