कियाचु रसमोर शाखाको अध्यक्षमा भगिश्‍वर चोङबाङ

SHARE:

नगेन्द्रराज नेम्वाङ

लन्डन ५ असोज । किरात याक्थुङ चुम्लुङ रसमोर शाखाको अध्यक्षमा भगिश्‍वर चोङबाङ लिम्बु चयन भएका छन् ।

फार्नबोरो यूकेमा २० सेप्टेम्बर शनिबारका दिन कियाचु रसमोर शाखाको जुम प्रविधिद्वारा भएको पाँचौं अधिवेशनले भगिश्‍वरको अध्यक्षातामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो । नयाँ कार्यसमितिका उपाध्यक्षहरु शमशेर वनेम, रोमियन वनेम, मोती मेन्याङ्गबो, सचिवमा कृष्ण योङहाङ र कोषाध्यक्षमा चुम्लुङदेन डाइमण्ड कन्ट्रीब्यूटर थान कुमान नाल्वो छनोट भएका छन् ।

सांस्कृतिक विभाग प्रमुखमा चन्द्र लुम्फुङ्वा, भुवन लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गौरीमाया इवा, समि लिम्बु, सन्त माङ्देन र केन्द्रीय सदस्यमा जीत प्रकाश मेन्याङ्बो सर्वसहमतिमा चयन भएका छन् ।

अधिवेशनको पहिलो चरणमा उपस्थित सबै याक्थुङ अग्रजलगायत कियाचु चुम्लुङ यूकेका केन्द्रीय अध्यक्ष तिलविक्रम साम्बाहाङफेको प्रमुख आतिथ्यतामा सचिव भगिश्वर चोङबाङले आसनग्रहण गराउँदै सुरु गरिएको थियो । अधिवेशनमा कोषाध्यक्ष शमशेर वनेमले आर्थिक प्रतिवेदन, सचिव भगिश्‍वर चोङबाङ र अध्यक्ष जीतप्रकाश मेन्याङ्बोले विगत ३ वर्षको कार्यकालमा गरेको संस्थाको उपलब्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । उपस्थित सल्लाहकार, अतिथि, सदस्यहरुले प्रस्तुत आर्थिक, वार्षिक प्रतिवेदनलाई धन्यवादका साथ ताली बजाई पारित गरेका थिए ।

अध्यक्ष जीतप्रकाश मेन्याङ्बोले पुरानो कार्यसमितिलाई विगठन गरी कार्यक्रमलाई निर्वाचन मण्डलका अध्यक्ष छवि सेलिङ र सचिव शान्ति खिम्दिङ सेलिङलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष छवि सेलिङले मतदाताहरुको नामावली र निर्वाचनका नियमावली प्रस्तुत गर्दै नयाँ कार्यसमिति चयनका लागि अधिवेशनलाई खुला गरेका थिए ।

भगिश्‍वर चोङबाङको नेतृत्वमा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरियो । नयाँ कार्यसमितिलाई प्रमुख अतिथि तिलविक्रम सम्बाहाङ्फेद्वारा लिम्बु भाषामा शपथ ग्रहण गराए ।

कियाचु यूके संस्थापक अध्यक्ष खड्गजंग आङबुहाङ, सल्लाहकार सूर्य खापुङ, केन्द्रीय सल्लाहकार मेजर रिटायर्ड दिवानसिं लिम्बूले पुरानो कार्यसमितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई बधाईका साथ कार्य सफलताका शुभकामना मन्तव्य राखेका थिए । शाखाका पूर्वअध्यक्ष जुरेन्द्र खजुम, केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रका सहकोषाध्यक्ष दिपेन्द्र याक्शोले चुम्लुङदेन कन्ट्रिव्यूटरहरुको नामावली प्रकाश पार्दै चुम्लुङदेनका गतिविधि प्रस्ट्याएका थिए । अधिवेशनलाई सफलताका साथ सञ्‍चालन गर्नका लागि केन्द्रका उपाध्यक्ष विमला सेनेले जुम प्राविधिक सञ्‍चालन गरेका थिए ।

शाखा पूर्वउपाध्यक्ष शान्ति खिम्दिङ सेलिङले पुरानो कार्यसमितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई बधाई, कार्यसफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष भगिश्‍वर चोङबाङले चुम्लुङ शाखाप्रति दिनुपर्ने योगदान, भाषा, संस्कृतिको जगेर्ना गर्ने, आपतविपतमा तुरुन्त सहयोग गर्ने जिम्मेवारीलाई ग्रहण गर्दै निवर्तमान अध्यक्ष जीतप्रकाश मेन्याङ्बोलाई खादा ओढाइ सम्मानका साथ बिदाइ गरेका थिए । नवनिर्वाचित उपाध्यक्षद्वय शमशेर वनेम र रोमियन वनेमले पनि आफ्ना मन्तवय राखेका थिए ।

जीतप्रकाश मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न अधिवेशन सचिव भगिश्‍वर चोङबाङ लिम्बु र निर्वाचन मण्डल अध्यक्ष छवि सेलिङले कार्यक्रम सञ्‍चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!