एनआरएनए एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला : घरफिर्तीलाई सहज बनाउन जोड

SHARE:

काठमाडौं १० असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा शनिबार ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ ।

आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सिर्जना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनःएकीकरणका लागि सरकारले काम गरिरहेको बताए । उनले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताए ।

सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको गुनासो गरिन् । उनले भनिन् , “पीडामा परेका नेपालीको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।”

सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीलाई सङ्घ आफैँले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताए । उनले महामारीको अवस्थामा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुन नसकेकामा दुःख व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!