नेपालको २४ घन्टामा कोरोना अपडेट : १५७३ संक्रमित, ८८५ डिस्चार्ज र १० को मृत्यु

SHARE:

काठमाडौं असोज ११ । नेपालमा २४ घन्टामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण १५ सय ७३ मा देखिएको छ । सोही अवधिमा ८ सय ८५ डिस्चार्ज र १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी बारामा २० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । यो कूल संक्रमितको अनुपातमा शून्य दशमल ६५ प्रतिशत हो ।

२४ घन्टामा ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।

१० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!