नेपालमा कोरोना संक्रमित थपिएको थपियै, २४ घन्टामा १३५१ जनामा संक्रमण, कूल ७४ हजार ७४५

SHARE:

काठमाडौँ १२ असोज । नेपालमा कोरोना संक्रमित थपिएको थपियै भएको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । २४ घन्टामा १० हजार ८० पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५४ हजार ६ सय ४४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!