कांग्रेसको चौधौं महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन पौडेल समूहको माग

SHARE:

काठमाडौं १२ असोज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण बनाउन माग गरेका छन् ।

वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत दुई दर्जन बढी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको पत्र सोमबार पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उक्त पत्रमा पार्टी विधानको पालना एवं संरक्षण गर्नु पार्टी सभापतिको प्रमुख जिम्मेबारी भएको उल्लेख गर्दै काँग्रेसको १४ औं महाधिवेशनको निर्धारण गरिएको मिति आगामी फागुनभित्र सम्पन्न गर्ने प्रमुख दायित्व पनि नेतृत्वकै भएको जनाइएको छ ।

पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा गर्नुपर्ने स्थानीय तहको समायोजन प्रक्रिया तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि विधानमा भएका व्यवस्थालाई ख्यालै नगरी पार्टीबाट विधान विपरित भएका काम तथा निर्णयहरु तत्काल खारेज गर्न पत्रमा माग गरिएको छ ।

समूहले पार्टीको समायोजन सम्पन्न भइसकेका पार्टीका केही जिल्ला कार्यसमितिले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई फाइल बुझाइसक्दा पनि क्रियाशील सदस्यता वितरण प्रक्रियामा नै अवरोध सृजना गर्नुका पछाडि निर्वाचन समितिको निष्पक्ष जिम्मेवारीप्रति पनि प्रश्न उठाएको छ ।

कांग्रेसमा विलय हुने अन्य राजनीतिक पार्टीका सदस्यका सम्बन्धमा पनि विधान विपरित पद वितरण गर्ने तथा क्रियाशील सदस्यता सम्बन्धि जथाभावी निर्णय गरी विभिन्न मितिमा जिल्लामा परिपत्र गरेको भन्दै नेता पौडेल समूहले ध्यानाकर्षण भएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!