लन्डन १२ असोज । नेपाली कोअपेरेटिभ इन्भेस्टमेन्ट लिमिटेड यूकेको अध्यक्षमा पुन: मोहन गुरुङ निर्वाचित भएका छन् ।
नेपाली कोअपेरिटिभ इन्भेस्टमेन्ट यूकेको २७ सेप्टेम्बर आइतबार भएको अधिवेशनले मोहनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ समाजसेवी नवनिर्वाचित अध्यक्ष गुरुङ एनआरएनए आईसीसी मानार्थ सदस्य तथा साउथ ईस्ट रेजिनल तमुधिं लन्डनका पूर्व प्रमुख सल्लाहकार समेत हुन् । उनी चौथो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
कार्यसमिति सचिवमा डा.मुकुन्द बास्तोला, कोषाध्यक्षमा एलएन पाण्डे, सदस्यहरु रन्जिता मल्ल, टिकाराम सापकोटा, सुशील प्रजापति र तिलकराम भट्टराई छन् ।
अधिवेशनमा चौथो कार्यकारी समिति गठनका लागि सुमलकुमार गुरुङ को संयोजकत्वमा शंकर घिमिरे र दुर्गा पाण्डे रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
यसैबीच गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङले नेपाली कोअपेरिटिभ इन्भेस्टमेन्ट यूकेका नवनिर्वाचित अध्यक्ष मोहन गुरुङसहित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी छन् ।
एक सन्देश जारी गर्दै अध्यक्ष गुरुङले लेखेकी छन्, ‘गत २७ सेप्टेम्बर २०२० आइतबारका दिन सम्पन्न नेपाली कोअपेरिटिभ इन्भेस्टमेन्ट यूकेको अधिवेशनले मोहन वरिष्ठ समाजसेवी, एनआरएनएका एक अग्रज, गैरआवासीय नेपाली संघ आईसीसी मानार्थ सदस्य तथा साउथ ईस्ट रेजिनल तमुधिं लन्डनका पूर्व प्रमुख सल्लाहकार श्री मोहन गुरुङज्यू चौथो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको हुनाले उहाँको सम्पूर्ण कार्यसमितिको आगामी कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु ।’






