नसासम्बन्धी रोग पीडित जीतकुमारीको उपचारमा गोरखाली समाज यूकेद्वारा ४ लाख ५९ हजार ८ सय हस्तान्तरण

SHARE:

लन्डन असोज १४ । गोरखाली समाज यूकेले नसासम्बन्धी रोगबाट पीडित जीतकुमारी गुरुङको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गोरखा समाज केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङमार्फत मंगलबार बेलायतमा संकलन गरी पठाएको ४ लाख ५९ हजार ८ सय हस्तान्तरण गरिको गोरखाली समाज यूकेका उपाध्यक्ष एवं आर्थिक सहयोग संकलन संयोजक हेम गुरुङले जानकारी दिए । गोरखा सिरानचोक गाउँपालिका २ थाल्जुङ, ओखरेनी सिम्लेकी जीतकुमारी गुरुङको उपचारका लागि सहयोग संकलन अभियान चलाइएको थियो ।

जीतकुमारी उपचारका क्रममा काठमाडौंमा छिन् । नशासम्बन्धी रोगबाट पीडित जीतमायाको उपचारमा सघाउन याचना गर्दै गोरखाली समाज यूकेमा निवेदन आएपछि उपाध्यक्ष गुरुङलाई सहयोग अभियानको संयोजन गर्ने जिम्मा लगाइएको थियो ।

उपाध्यक्ष गुरुङले यूकेमा बसोबास गर्ने गोरखावासी र अन्य यूकेवासी नेपाली समुदायबाट रकम संकलन गर्न सफल भएका भन्दै सहयोगी सम्पूर्ण यूकेवासी नेपाली समदुायमा गोरखाली समाज यूके र आफ्नो तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

साथै आफूहरुले बेलायतबाट संकलन गरी पठाएको सहयोगले जीतमायाको आवश्यक उपचार हुने र उनको जीवन रक्षा हुने आशा संयोजक गुरुङले व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!