
काठमाडौं असोज १४ । कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप १५ सय ५९ जना संक्रमित थपिएका छन ।
पछिल्लो २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
१ हजार ५७ जना गरी बुधबारसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएका छन् । आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ ।
थप सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।






