डा. गोविन्द केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न एनडिए यूकेको आग्रह

SHARE:

लन्डन असोज १५ । नेप्लिज डक्टर्स एशोसिएसन (एनडिए) यूकेले चिकित्सा शिक्षामा गुणस्तरीयता र स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

१९ औं आमरण अनशनमा बसेका डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै गम्भीर चासो व्यक्त गरिएको हो ।

‘नेपालमा स्वास्थ्य शिक्षा र प्रशिक्षणका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाहरुको क्षेत्रमा सुधारको माग गर्दै भोक हड्तालमा बस्नुभएका वरिष्ठ अर्थोपेडिक सर्जन डा गोविन्द केसीको बिग्रिंदै गएको स्वास्थ्य अवस्थाबारे एनडिए यूके गम्भीर चासो व्यक्त गर्दछ’बुधबार एशोसिएसनका अध्यक्ष डा रमेश खोजुद्वारा जारी वक्तव्यमा भनिएको छ ।

एशोसिएसनले डा. केसीको स्वास्थ्यलाई गम्भीरताका साथ लिन र सकेसम्म छिटो सौहार्दपूर्ण समाधानको पहल गर्न पनि आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!