
काठमाडौं १५ असोज । नेपाल सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
कार्तिकमा कार्यकाल सकिने रेग्मीले राजदूत बन्ने निश्चित भएसँगै बिहीबार राजीनामा दिएका थिए ।
पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।
बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारी हाल डा दुर्गाबहादुर सुवेदीले सम्हालीरहेका छन् । को कार्यकाल सकिँदै गर्दा






