नेपालमा कोरोना : एकैदिन उपत्यकामा १६ सय ३८ सहित देशभर २७ सय २२ जनामा संक्रमण

SHARE:

काठमाडौं १६ असोज । काठमाडौं उपत्यकामा १६ सय ३८ सहित शुक्रबार देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको बताए ।

कोभिड—१९ बाट २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु भएको संख्या ५ सय २० पुगेको छ ।

३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् । शुक्रबारसम्म ६० हजार ६ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!