भर्चुअलमार्फत शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय गुरुङ सम्वाद शृंखला

SHARE:

काठमाडौं १७ असोज । दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद शृंखला शुक्रबारबाट हुने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको सम्वाद शृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । चार दिनसम्म (अक्टोबर ९ देखि १२ सम्म) चल्ने सम्वाद शृंखलामा विविन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने छन् । साझ ५ बजे पहिलो र ८ बजेबाट दोस्रो सेसन सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमु सम्बाद आयोजना गरिएको थियो । देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायविच निरन्तर सम्बाद र ज्ञान सीप बाड्ने उद्देश्यले तमू सम्वाद शृंखलाको आयोजना गर्न लागिएको गुरुङ समुदायको छाता संस्था तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।

उनकाअनुसार यो सम्वाद शृंखलामा विभिन्न ३५ देशबाट गुरुङ व्यक्तित्वहरु सहभागी हुने छन् । त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिने छन् । सम्बादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुने छन् । पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात् मेरो गाउँघर भन्ने शीर्षकमा छलफल हुने छ । यो शीर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुती दिने छन् ।

पहिलो दिनको दोस्रो सेसनमा तमू भाषा र साहित्य शीर्षकमा छलफल हुने छ । यो शीर्षकमा भाषा विद् रत्नबहादुर गुरुङको प्रस्तुति रहने छ । यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्ने छन् ।

शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमू (गुरुङ)हरुको सफलताको यात्राबारे छफफल हुने छ । यो शिर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

दोस्रो दिनको दोस्रो सेसनमा तमू चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् । त्यसमा नविन सुब्बाको टिप्पणी रहने छ ।

तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरुले गुरुङ समूदायको बारेमा आफ्नो धारणा व्यक्त गर्ने छन् । यसमा जापानबाट नानको योशिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सिपको बारेमा छलफल हुने छ । यो शीर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ र लिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

अन्तिम दिनको पहिलो सेसनमा तमू उद्यमी/व्यवसायी शीर्षकमा छलफल हुने छ । यो शीर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!