लन्डन असोज १९ । किरात याक्थुङ् चुम्लुङ रसमोर शाखाको पहिलो जुम मिटिङ सम्पन्न भएको छ ।
४ अक्टुबर २०२० आइतबारका दिन नवनियुक्त अध्यक्ष भगिश्वर फागो चोङ्बाङ् लिम्बुको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा निवर्तामन अध्यक्ष्य जित मेन्याङ्गबोले मुख्य पाहुनाको रुपमा भूमिका निभाएका थिए ।
त्यस्तै नवनियुक्त उपाध्यक्ष शम्सेर वनेम, उपाध्यक्ष्य रोमियन वनेम, सचिव कृष्ण योङ्हाङ, कोषाध्यक्ष थान कुमान नाल्बो सहभागी थिए ।
यस्ता छन् कियाचु रशमोरको पहिलो र एकदमै महत्वपूर्ण बैठकद्वारा पारित निर्णयहरु
बुँदा नम्बर १ – अहिलेको महामारी COVID-19 ले गर्दा HO/TO गर्ने प्रकृया एकदम गाह्रो भए तापनि नवनियुक्त पदाधिकारीहरुले जति सम्भव भएसम्म handover लिएर आ-आफ्नो जिम्मेवारी वहन गर्ने |
बुँदा नम्बर २- हाम्रो शाखामा बस्नु भएका लगभग २०० घर परिवारहरुमाथि कुनै ब्यक्तिहरुलाई सारोगाह्रो परेमा जति सक्दो अनि छिटो सम्बन्धित ब्यक्तिलाई सहयोग पुराउने |
बुँदा नम्बर ३- अध्यक्ष तथा सांस्कृतिक विभागका पदाधिकारीहरुको मातहतमा च्याब्रुङ् (केलाङ) ग्रुपको एउटा टिम सेट बनाउने ताकि कुनै ठाउँमा आवश्यक परेमा तुरुन्तै उपलब्ध गर्न सकियोस् |
बुँदा नम्बर ४- हाम्रो शाखामा रहनुभएका लिम्बु परिवारहरुमा साना-साना नानीहरुदेखि लिएर वृद्ध बाबा आमा सम्मकाहरुलाई हाम्रो हरेक वर्ष हुने बलिहाङ तङ्नाममा उपस्थित हुनका लागि उत्प्रेरित गर्ने साथै हाम्रो लिम्बुहरुको भाषा, संस्कृति, पहिचान आदि कुराहरुको महत्व बुझाउन कोसिस गर्ने |
बुँदा नम्बर ५- अहिलेको महामारी COVID-19 समाप्त भएपछि सम्भव भएसम्म हाम्रो शाखाको विशेष गरी वृद्ध बाबा आमाहरुको घर घरमा गएर दु:ख सुखका कुराहरु बुज्ने साथै सर-सल्लाह पनि लिने |
बुँदा नम्बर ६- सम्भव भएसम्म लिम्बु भाषाको पनि कक्षा सन्चालन गर्ने |
बुँदा नम्बर ७- हाम्रो शाखामा एकदमै ठूलो योगदान पुर्याउनुहुने सिनियर ब्यक्ति श्री बिरधोज आङ्बुहाङज्यु हाल अलिक अस्वस्थ् हुनु भएकोले उहाँको moralcourage को लागि अध्यक्षज्यूले उहाँलाई phone गरी उहाँको हालको अवस्था बुज्नु भएको थियो र उहाँ आफ्नो उपचारको लागि आउने आइतबार नेपाल जाने निधो गर्नु भएको छ |
बुँदा नम्बर ८- यो महामारी COVID-19 को समाप्तपछि विशेषगरी हाम्रो वृद्ध बाबा आमाहरुलाई समाबेश गरी सुख-दु:ख बुज्ने हेतुले सम्भव भएसम्म हरेक महिना जमघटको व्यवस्था गर्ने साथै उहाँहरुलाई अति आवश्यक महत्वपूर्ण कुराहरुको जानकारी पनि गराउने |
कृष्ण योङ्हाङ
सचिव
किरात याक्थुङ चुम्लुङ
रसमोर शाखा






