नगेन्द्रराज नेम्वाङ
लन्डन असोज १९ । किरात याक्थुङ चुम्लुङ यूके बेजिङस्टोक शाखाको तेस्रो अधिवेशनले चन्द्रप्रकाश बेघाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
३ अक्टोबर शनिबारका दिन जुम प्रविधिबाट भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र मेन्याङ्बो, उपाध्यक्ष शान्ति नाल्बो लिम्बु, सचिव धन माबो, सहसचिव डम्बर केदेम लिम्बु, कोषाध्यक्ष शुक्र सन्योक लिम्बु, सहकोषाध्यक्ष ओम तुम्याहाङ्ग लिम्बु र सदस्य बाबुराम योङ्गया रहेका छन् ।
युवा संयोजक मुकुम कुरुङबाङ र गुराँस लोङ्वा लिम्बु, सांस्कृतिक विभाग प्रमुखा प्रिया राई लिङ्थेप र दिलीप बोखिम सर्वसहमतिमा चयन भएका छन् ।
कियाचु यूकेका केन्द्रीय अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा शाखा उपाध्यक्ष पेपराज कुरुम्बाङले स्वागत मन्तव्य राखेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोले र वार्षिक प्रतिवेदन अध्यक्ष अमृता पालुङ्वाले प्रस्तुत गरेका थिए ।
अध्यक्ष पालुङ्वाले आफ्ना कार्यकालमा सहयोग गर्ने कार्यसमितिलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउने लिम्बु मित्रहरुलाई धन्यवाद दिँदै पुरानो कार्यसमिति विघटन गरेका थिए ।
निर्वाचन मण्डल अध्यक्ष राजेन्द्र पाहिम लिम्बु, सचिव विजय लिङ्थेप र सदस्य हर्कजङ कुरुम्बाङले नयाँ कार्यसमिति गठन गरेका थिए ।
चन्द्रप्रकाश बेघाको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि सम्बाहाङ्फेले लिम्बु भाषामा शपथग्रहण गराएका थिए ।
विशेष अतिथि केन्द्रीय सल्लाहकार नरकुमारी वनेम लिम्बु, प्रमुख अतिथि सम्बाहाङ्फे र निर्वाचन मण्डल सदस्य हर्कजङ कुरुङ्बाङ्ले नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष बेघाले केन्द्र शाखाबीच सम्बन्ध राम्रो हुनुपर्ने जोड दिँदै कार्यकाल सफल पार्नका लागि बेजिङस्टोकवासी सबै लिम्बुहरुको साथ र सहयोगको अपेक्षा राखेका थिए । अधिवेशन सहज रुपले सफल पार्नका लागि जुम प्रविधि केन्द्रीय सचिव विश्वासदीप तिगेलाले सञ्चालन गरेका थिए ।
अमृता पालुङ्वाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा एभरेस्ट टाइम्सका म्यानेजिङ डाइरेक्टर नगेन्द्रराज नेम्वाङको उपस्थिति रहेको थियो ।
कार्यक्रम शाखा उपाध्यक्ष पेपराज कुरुम्बाङ र निर्वाचन मण्डल सचिव विजय लिङ्थेपले सञ्चालन गरेका थिए ।






