नेपालको प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी तोकियो

SHARE:

काठमाडौं २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी तोकिएको छ ।

मंगलबार प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी दाङको देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे । मंगलबार प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।

प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसेका थिए । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएन ।

प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेका थिए ।

यस्तै प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो ।
प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभा आजको बैठकमा मत विभाजन हुँदा दुई तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!