तमु धिं यूकेको ३ सदस्यीय चुनाव आयोग गठन, प्रमुख आयुक्तमा एकेन्द्र गुरुङ

SHARE:

ज्ञाम गुरुङ, लन्डन असोज २१ । तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभाका लागि ३ सदस्यीय चुनाव आयोग गठन गरेको छ ।

कार्यसमितिको निर्णय बमोजिम प्रमुख आयुक्त सल्लाहकार एकेन्द्र गुरुङको नेतृत्वमा चुनाव आयोग गठन भएको अध्यक्ष नन्दजङ्ग गुरुङले विज्ञप्तिमार्फत जनाएका छन् ।

१. सल्लाहकार एकेन्द्र गुरुङ (प्रमुख आयुक्त)
२. सल्लाहकार मेजर कृष्ण गुरुङ (आयुक्त)
३. सल्लाहकार हरि (काजी) गुरुङ (आयुक्त)

तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभा शनिबार २१ नोभेम्बर २०२० बिहान ११:०० बजेका लागि तय गरिएको छ ।

महासचिव तुलाराम गुरुङका अनुसार जुम प्रविधिबाट र फेसबुक लाइभ समेत हुने साधारणसभाबाट नयाँ कार्यकारी समिति चयन हुनेछ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!