
काठमाडौं असोज २२ । काठमाडौं उपत्यकामा २५ सय ४० गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ ।
आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।
नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ ।






