नेपालमा २४ घन्टामा २ हजार ५९ जना संक्रमित, १ हजार ६८० जना डिस्चार्ज

SHARE:

काठमाडौं असोज २३ । नेपालमा २४ घन्टामा २ हजार ५९ जना संक्रमित थपिएका छन् भने सोही अवधिमा १ हजार ६८० जना डिस्चार्ज भएका छ

न् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको पत्रकार सम्मेलनमा २४ घण्टामा गरिएको १३ हजार २७९ पीसीआर परीक्षणमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार २४ घण्टामा १ हजार ६८० जना डिस्चार्ज भएका छन् । त्यसैगरी निको हुनेको संख्या ७३ हजार २३ रहेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म २७ हजार ५३ पुगेको छ ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् ।

उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण
उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना देखिएका छन् । प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् । २४ घण्टामा १३ हजार २७९ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा २५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!