गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री

SHARE:

काठमाडौं असोज २३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् ।

गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसद्मा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण हुने स्पष्ट गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्टलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सङ्घका महासचिव डा हेमराज शर्माका अनुसार यही असोज २५ सम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३०० भन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ ।

सम्मेलनमा विज्ञ सम्मेलनमा चार प्लेनरी र विविध विषयमा १५ सिम्पोजियम सत्र सञ्चालन हुने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!