चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्‍न

SHARE:

हुम तमु
पोखरा २४ असोज । चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार, सिद्धमार्गस्थित आफ्नै समाज भवनमा कोभिड १९ कोरोना संक्रमणको आवाश्यक सुरक्षा प्रबन्धका साथ साधारणसभा भव्यताका साथ सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले दीप प्रज्वलन गर्दै उद्घाटन गरेको साधारणसभामा सचिव माओत्सेतुङ तमुले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष क्या.ठाकुरप्रसाद तमुद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र आमा समितिकी कोषाध्यक्ष बेलकुमारी तमुले प्रस्तुत गरेको आमा समितिको प्रतिवेदन पारित गरिएको थियो ।

प्रमुख अतिथि समाजसेवी राजकुमार तमुले शुभकामना व्यक्त गर्दै तमुहरुको एकता, क्रियाशिलता र मौलिकता संरक्षण, सम्वर्द्धनका लागि चारभञ्ज्याङ तमु समाज पोखरा सक्रियताका साथ जुटेकोमा प्रशंसा गरे । तमुहरुमा राजनीतिक चेतना अनिवार्यता रहेको भन्दै उनले पार्टी राजनीति गर्नुस्, नगर्नुस् तर तमुहरु सचेत हुनुपर्नेमा जोड दिए । राजनीतिमा शक्ति, श्रोत र पहुँच हुने भएकाले तमुहरु राजनीतिमा अग्रसर हुन आग्रह गर्दै चारभञ्ज्याङ तमु समाजलाई आधा महिनाको पेन्सन १७ हजार ६ सय रुपैयाँ सहयोग गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनध्वज तमुले समाज स्थापनाको १७ वर्षे विकासक्रम हेर्दा आफू अत्यन्तै हर्षित भएको भन्दै स्थापनाकालका ऐतिहासिकताबारे जानकारी दिएका थिए । आज चारभञ्ज्याङ तमु समाज हरेक क्षेत्रमा उत्कृष्ठ बन्दै सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्र लगायतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको गर्व गरिरहेको भन्दै समाजका संस्थापकमध्येका हुमबहादुर तमु तमुधिं नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरे ।

समाजका अध्यक्ष प्रदीपकुमार तमुको अध्यक्षतामा भएको चारभञ्ज्याङ तमु समाज आइसिसि अध्यक्ष एवम् बौद्ध अर्घौ सदन उपाध्यक्ष क्या.चन्द्रप्रसाद तमु, तमु धिं नेपालका भर्खरै निर्वाचित अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गरेका थिए भने प्रथम उपाध्यक्ष क्या.टेकबहादुर तमुले स्वागत र सचिव माओत्सेतुङ तमुले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!