ट्यूनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रबासीहरूको सङ्ख्या ३५ पुग्यो

SHARE:

ट्यूनिस, ट्यूनिसिया, ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतक सङ्ख्या ११ भएको जनाइएको थियो भने ६७ जनालाई समुद्रबाट सकुशल उद्धार गरेको बताइएको थियो ।

“ग्रीनवीच समय अनुसार आइतबार मध्यान्ह् १२ बजेसम्ममा तटबाट ३५ जनाको शव निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको छ,” रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँगको कुराकानीमा बताP ।

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रबासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरी ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यसबारे बिस्तृत विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!