तमुवान मञ्‍च कास्कीमा आले, कलाकार मञ्‍च तमुवानमा बिष्ट

SHARE:

पोखरा १ कार्तिक । पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्धाका लागि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च संघीय तमुवान मञ्‍चअन्तर्गत शनिबार पोखरामा जिल्ला समिति कास्की र साँस्कृतिक मञ्‍च तमुवान घोषणा गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चका नेता तथा तमुवान मञ्‍च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले तमुवान मञ्‍च नेपाल जिल्ला कार्यसमिति कास्की साँस्कृतिक मञ्‍च तमुवान घोषणा गरेका हुन् । तमुवान मञ्‍च कास्की र कलाकार मञ्‍च तमुवानको घोषणा गर्दै कार्यक्रमका मुख्य अतिथि पहिचानवादी नेता गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । प्रशासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेकालाई मर्मसहितको संघीयता स्थापित गर्नका लागि सबै जुट्न आग्रह गर्दै अब कास्की र तमुवानमा पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउने घोषणा गरे ।

पहिचानको आन्दोलनलाई शसक्त बनाउन घोषित तमुवान मञ्‍च नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्षको जिम्मेवारी सन्तोष आले पाएका छन्। १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती रहेकाछन् ।

यसरी नै शनिबार नै घोषित १३ सदस्यीय संघीय साँस्कृतिक कलाकार मञ्‍च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट रहेका छन् । कलाकार मञ्‍चको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की, शिला थापा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!