उदयपुरमा जिप दुर्घटना, ५ को मृत्यु, ३ जना गम्भीर घाइते

SHARE:

उदयपुर कात्तिक २ । उदयपुरमा शनिबार राति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।

मृत्यु हुने अन्यमा अन्दाजी ३०–३५ वर्षका दुई जना पुरुष र एक महिला छन् । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!